Home : : About Us

 नेपाल चलचित्र प्राविधिक संघ २०५६ ः यस नेपाल चलचित्र प्राविधिक संघ ०५६ नेपाली चलचित्र जगत्मा काम गर्ने परिश्रमी हातहरूको साझा सङ्गठन हो । विगत २०५६ सालमा नेपाल सरकार रजिस्टारको कार्यालयमा दर्ता भई हालसम्म प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पर्दा पछाडि रहेर आºना दैनिकीलाई र आºनो वास्तविक जीवनलाई व्यवस्थितका साथै मर्यादित रूपमा जीविकोपार्जन गरिरहेका श्रमिकहरूको हक, हित र अधिकारमा निहितका लागि सङ्गठित संस्था हो । नेपाल चलचित्र प्राविधिक संघ २०५६ को प्रमुख दायित्व भनेको नै पौरखी हातहरूको उचित सम्मान गर्नु हो । नेपाली चलचित्र जगत् विगतका दिनदेखि आजको यो प्रवृद्धि र विस्तारसम्म आइपुग्दा पनि राज्यले यसलाई उद्योगको रूपमा नस्वीकार्नु र प्राविधिकहरूको यो विशाल सञ्जाललाई बेवास्ता गरी लावरिस स्थितिमा राख्नु,श्रमिकको कार्यतालिका, न्युनतम पारिश्रमिक, ऐन, नियमलाई प्रस्टता नपारिदिनु प्रति यस सङ्घको ठूलो आपत्ति रहेको छ । एकातिर फलाम र केमिकल खतराजन्य वस्तु माथि र प्रवृत्तिमा कार्य गर्ने प्राविधिकहरू हरेक तह र वर्गका मूर्धन्य व्यक्तिŒवलाई उचित सम्मान र व्यवस्थित गराउन २०५६ सालमा आºना महान् सोच बोकी यो संस्था नेपाल चलचित्र प्राविधिक सङ्घ २०५६ दर्ता भएको प्रस्ट हुन्छ । नेपाल चलचित्र प्राविधिक सङ्घको जन्म नेपाली चलचित्र जगत्मा कार्य गर्न हरेक वर्गका व्यक्तित्व मध्ये प्राविधिक, कलाकार तथा आम दर्शकको न्यानो मायाले भरिभराउ, वरिष्ठ कलाकार, समाजसेवी तथा मूर्धन्य व्यक्तित्व जसले नेपाली चलचित्रको जन्म देखि आजको यो युवा अवस्थामा आइपुग्दा समेत आºनो कार्यथलो, कर्मथलो सम्झेर कार्य गर्दै आउनु भएको छ ज्ँँे आज पनी निरन्तर यहि पेशामा तल्लिन हुनुहुन्छ ….दिदी वसुन्धरा भुषाल ः बसुन्धरा भुषालले नेपाली चलचित्र जगत्लाई एउटा मर्यादित र व्यवस्थित बनाउन कलाकारहरूको साङ्गठनिक रूप दिनलाग्दा उहा“को महान् सोच प्राविधिक माथि पर्न गयो । सो अवस्थामा प्राविधिकहरू भेला गराई विशेष सल्लाह प्रदान गरियो । तत्कालीन अवस्थाका निर्माण नियन्त्रक श्री टंक लम्सालको अध्यक्षतामा तदर्थ समिति गठन गरी ने.च.प्रा. सङ्घ २०५६ नामकरण गरियो । सो अवस्थामा पर्दा पछाडि रहेर कार्य गर्ने सम्पूर्ण विधाका प्राविधिकहरू यस संस्थामा सदस्यता रहन पाउने प्रावधानको व्यवस्था गरीएको थियो । नेपाल चलचित्र प्राविधिक सङ्घको विस्तार ः नेपाल चलचित्र प्राविधिक सङ्घलाई सशक्त बनाउने व्रmम बढ्दो र फस्टाउ“दो बजारस“गै धेरै प्राविधिकहरूको आगमन हुने व्रmम बढ्यो । सुरुमा दक्ष प्राविधिकहरूको अभाव खेपिरहेको नेपाली चलचित्र क्षेत्र विदेशी मूलबाट प्राविधिक झिकाई कार्य सम्पादन गर्न बाध्य थियो । त्यस प्रव्रिmयालाई बन्देज पार्न हाम्रा कयौ“ प्राविधिकहरूको कठोर परिश्रमबाट आजको यो अवस्थामा ल्याउन नेपाली चलचित्र क्षेत्र सक्षम भएको छ । साङ्गठनिक विस्तारका व्रmममा सव्रिmय प्राविधिकको आवश्यकता बमोजिम विशेष भेलाको आयोजना गरियो र तदर्थ समितिका अध्यक्ष श्री टंक लम्साललाई हटाई साधारण सभामार्पmत वरिष्ठ श्रृङ्गार विधाका श्री सन्तु तामाङको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन भयो । सो अवसरमा संस्थाको विधान र ऐनलाई कडा रूप दिन नेपाल चलचित्र प्राविधिक सङ्घ २०५६ को विधान तयार गरी पारित समेत गरिएको थियो ।

News & Notice

VideosView All..

  • https://www.youtube.com/watch?v=50kklGefAcs