Home :- दुवईमा गर्न लागिएको नेफ्टा अवार्ड थप उत्कृष्ट र विवादरहित बनाउने छौः अध्यक्ष पुष्कर लामा


 पुष्कर लामा, अध्यक्ष, नेपाल चलचित्र प्राविधिक संघ । पछिल्लो तीन संस्करणदेखि विदेशीभूमिमा नेपाली चलचित्रको अवार्ड कार्यक्रम गर्दै आएको नेपाल चलचित्र प्राविधिक संघले यस पटक पनि आफूले आयोजना गर्दै आएको नेफ्टा अवार्ड विदेशि भूमि सयुक्त अरब इमिरेटस (युएई)को आर्थिक शहर दुवईमा गर्दैछ । पुष ८ मा हुने नवौँ अन्तर्राष्ट्रिय नेफ्टा अवार्ड–२०७२ मा गत वर्ष रिलिज भएका ६७ नेपाली चलचित्रमध्ये ५५ वटा चलचित्रबीच प्रतिष्पर्धा हुनेछ । यसअघि ३१ विधामा दिइदै आएको अवार्ड यसपटकबाट २८ विधामा प्रदान गरिने भएको छ । नेफ्टा अवार्डको नालीवेली, निष्पक्षता र चलचित्रकर्मीबीच लोकप्रिय अवार्डका रुपमा चिनिनुको कारण बारेमा अवार्ड संयोजक तथा नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामासँग गरिएको कुराकानीको सारसंक्षेप:
 
नेफ्टा अवार्डको पृष्ठभूमि बताइदिनूस न ?
हरेक वर्ष चलचित्र प्राविधिक संघले प्रदान गर्दै आएको नेफ्टा अवार्ड सम्पूर्ण चलचित्रकर्मी तथा दर्शकहरूको साझा भावनाको अवार्ड भएको हुँदा पनि यसको वेग्लै महत्व छ । झन पछिल्ला वर्ष हामीले अवार्ड कार्यक्रम विदेशी भूमिमा गर्नथाले यता विश्वभर छरिएर रहेका नेपालीहरूले पनि यसप्रति व्यापक चासो दिन थालेका छन् । यसैका लागि अवार्ड समारोहलाई विगतको भन्दा पृथक र उत्कृष्ट बनाउन हाम्रो सिंगो टिम विगत लामो समयदेखि गृहकार्यमा छ । पाँचौ संस्करणदेखि विदेशि भूमिमा अवार्ड कार्यक्रम गर्ने क्रममा सन २०१३ मा मलेसियामा, २०१४ मा हंङकङमा र २०१५ मा कतारमा हामीले भव्यरूपमा अवार्ड कार्यक्रम सम्पन्न ग¥यौं । यस पटक हामी युएईमा गर्दैछौ ।
 
विदेशि भूमिमै अवार्ड कार्यक्रम गर्नुमा तपाईहरूको खास उद्देश्य के हो ?
पहिलो त नेपाली चलचित्रको बजार प्रवद्र्धन गर्दै यसलाई फराकिलो बनाउदै लैजानुपर्छ भन्ने हाम्रो मान्यता छ । अर्को कुरा विश्वका जुनसुकै मुलुकमा नेपाली भाषीहरू छरिएर रहेपनि आफ्नो भाषा संस्कृति बोकेका चलचित्रबाट विदेशमै रहेर पनि आफ्नो भाषा, साहित्य, कला र संस्कृतिको आनन्द लिन सकुन भन्ने उद्देश्य बोकेर बिदेशी भुमीमा चलचित्र अवार्ड कार्यक्रम गरिएको हो । अझ अर्को महत्वपूर्ण कुरा के हो भने हामीले विदेशि भूमिमा नेपाली चलचित्रको अवार्ड कार्यक्रम गर्दा त्यहाँ नेपाली दर्शकसँगै विदेशि दर्शकहरूको चाख नेपाली कला संस्कृतिप्रति बढाउन सकियोस भन्ने हाम्रो चाहना हो । हामी भन्छौ अब हामी नेपाली चलचित्रकर्मीहरू स्वदेशमै मात्र सीमित रहेर हुदैन । जसरी अरु मुलुकका चलचित्र, चलचित्रकर्मी र भाषा, संस्कृतिहरू विश्व बजारमा चिनिन्छन त्यही गोरेटो खोल्ने कामको आरम्भ यो अवार्ड कार्यक्रमले गर्ने हाम्रो विश्वास हो ।
 
उसो भए एकदिन अवार्ड कार्यक्रम गर्दैमा नेपाली चलचित्रको बजार विस्तार र प्रवद्र्धन होला र ? नेपाली चलचित्रलाई ती बजारमा नियमितरूपमा प्रर्दशन गर्न के गर्न सकिएला र यसमा तपाईहरूको भुमिका कस्तो रहन्छ ?
त्यसो होइन । हामीले यसलाई प्रतिकात्मकरूपमा बुझनु जरुरी छ । जसरी हामीले अवार्ड कार्यक्रम गर्दा विदेशी भूमिमा दर्शकहरूले जुन किसिमको उत्साह, साथ र सहयोग प्रर्दशन गर्नुभएको छ यसलाई निरन्तरता दिन सकियो भने नेपाली चलचित्र नियमित रूपमा विदेशि भूमिमा चलाउन संभव छ भन्ने आशा गर्न सकिन्छ । बरु दैनिक संभव नभए हप्ता–हप्तामा भएपनि शो होस भन्ने हाम्रो उद्देश्य नै हो । अहिलेसम्म आफ्नै पहुँचमा मात्र विदेशि बजारमा नेपाली चलचित्र प्रदर्शन हुने परिपाटि छ यसले गर्दा कतिपय राम्रा चलचित्र पहुँच अभावमा विदेशि बजारमा पुग्न सकेका छैनन । अब नेपालमा रिलिज हुदा सिस्टमेटिक ढंगमा विदेश प्रदर्शन हुने वातावरण निर्माण हुनुपर्छ । यसका लागि हामी प्रयासरत पनि छौ । यसमा हाम्रो मात्र नभएर चलचित्र सम्वद्ध सम्पुर्ण संघसंस्था तथा मुख्यतय चलचित्र विकास बोर्डको प्रयास जरुरी छ । यही बाटो खोल्न, खोजि गर्न र झकझकाउन नै चलचित्र प्राविधिक संघले विदेशि भूमिमा अवार्ड कार्यक्रम गर्ने परिपाटी सुरु गरेको हो । 
 
सवैजसो अवार्ड विवादमा मुछिइरहदा यो अवार्ड पनि त्यस्तै त हुने होइन ? यसको छनोट प्रक्रिया र उत्कृष्टाता पहिल्याउने आधार केकस्ता तय भएका छन त ?
यसअघि ३१ विधा दिदै आएको अवार्ड पटक हामीले २८ वटा विधामा सीमित गरेका छौ ।  अवार्डको उत्कृष्ट ५ नोमिनेट विधाका लागि जुरीहरूले सिनेमा हेरिरहनुभएको छ । अन्त्यमा सीनेमा हेरिसकेपछि त्यसको समग्र पक्षका आधारमा उहाँहरुले नै उत्कृष्टता तय गर्ने हो । हामीले यसको पूर्ण अधिकार सहितको जिम्मेवारी जुरीलाई सुम्पेका छौ अब यसमा हाम्रो कुनै प्रभाव र हात हुदैन । अवार्डमा विवाद आउछ तर कति र कस्तो विवाद महत्वपूर्ण कुरा हो । नेफ्टा अवार्डमा विवाद छैन । यही मान्यता अनुसार यसपटक हामीले विवादरहित बनाउन जुरीको पहिचान अवार्ड विजेता घोषणा नहुदासम्म गोप्य राख्ने भएका छौ । निर्णायक मण्डललाई निश्चित कार्यबिधि र मापदण्ड बनाएर मुल्याकंन गर्न कार्यादेश दिएका छौं, जसबाट गरिने निर्णय बैज्ञानिक हुन्छ भनेर कसैलाई सम्झाइरहनै पर्दैन । सिर्जनाको मूल्यांकनमाथि हस्तक्षेहुनुहुदैन भन्ने मान्यता जगाउन यस पटकबाट हामीले यो प्रक्रिया शुरु गरेका हौ । यसो हुदा उहाँहरूलाई पनि निष्पक्ष काम गर्ने वातावरण हुने हाम्रो विश्वास छ । 
 
स्वदेशमै कार्यक्रम आयोजना कठिनाई भैरहदा विदेशि भूमिमा कार्यक्रम गर्न कसरी आर्थिक स्रोत जुटाउनुहुन्छ ?
हामीप्रति नेपाली चलचित्र क्षेत्रका हरेक संस्था, सरकारी निकाय चलचित्र विकास बोर्ड, आम नेपालीको विश्वास छ । त्यसमाथि स्थानिय आयोजक सबैको सपोर्टका कारण यती ठुलो चुनौती बेहोर्दै हाम्रो संस्थाले लगातार चौथो पटक विदेशी भूमिमै अवार्ड आयोजना गर्दै छ । व्यक्तिगत फाइदाभन्दा माथि उठेर भइरहेको अवार्ड हुदा यो संभव भैरहेको छ । फेरी अहिले त यो अवार्ड चलचित्र प्राविधिक संघको मात्र भएन नेपाली चलचित्रका हरेक संस्था र बिकास बोर्डको सहकार्यले यो प्राविधिक संघको मात्र नभएर सबै पक्षको साझा अवार्ड बनिसकेको छ । 
प्रस्तुती: सुमन गिरी

News & Notice

VideosView All..

  • https://www.youtube.com/watch?v=50kklGefAcs