
फिल्म 'गुनगुन' छायांकन गरिरहेका छायांकार पवन गौतम घाइते भएका छन् । करिब १७ फिट माथिबाट उनी चढेको क्रेन भाचिएपछि घाइते उनको गर्दनमा चोट लागेको छ । उनको हाल काठमाण्डौको मोडेल अस्पतालमा उपचार भैरहेको छ । क्रेन भाचिएपछि रेड क्यामेरा पनि फुटेको छ । पुकार भट्टराइले निर्देशन गरिरहेको यो चलचित्रमा सुवास मेचे र संचिता लुइटेलले काम गरिरहेका थिए । छायांकार घाइते भएपछि अहिले यसको छायांकन पनि रोकिएको छ । केही दिनदेखि यो चलचित्रको छायांकन काठमाण्डौका विभिन्न स्थानमा भैरहेको थियो । अनामनगरमा छायांकनका क्रममा यो दुर्घटना भएको हो ।